मार्क्सवादी एकता अभियानको बैठक प्राद्यापक रमेश अधिकारीको अध्यक्षतामा सम्पन्न

काठमाडौं । मार्क्सवादी एकता अभियान नेपाल केन्द्रिय सचिवालयको बैठक सचिवालयका संयोजक प्राद्यापक रमेश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको बताइएको छ । अभियानको माघ १७ र १८ गते बसेको बैठकले गरेका निर्णयहरु यस प्रकार रहेको बताइएको छ –
“१.मार्क्सबादी एकता अभियानलाई बिस्तार गर्ने । यस क्रममा तत्कालका लागि शहर केन्द्रित हुने गरी देशब्यापी अभियान बिस्तार गर्ने !
२. राज्यपुनर्संरचना सम्बन्धमा मार्क्सवादी एकता अभियानको अवधारणा स्पष्ट हुने गरि कार्यपत्र तयार गर्ने । यसको तयारीका लागि संयोजक प्राद्यापक रमेश अधिकारीको संयोजकत्वमा सचिवालयका सदस्यद्वय रघु घिमिरे र महादीप पोखरेल सहित तीनसदस्यीय समिति गठन गरियो !
३. अभियानले राज्यपुनर्संरचना सम्बन्धमा बिभिन्न बामदलका नेताहरुसँग समन्वय गरी सकेसम्म छिटो सामुहिक रुपमा बृहत अन्तरक्रिया गर्ने !”