नेकपा कालिकोटद्वारा वालिङ प्रचार-प्रसार तिव्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले सबै देशभक्त कम्युनिष्ट वामपन्थीहरु एक हौँ ! वैज्ञानिक समाजवादको दिशामा अगाडि बढौँ!! भन्ने मुख्य नारा सहित विभिन्न वालिङ प्रचारप्रसारलाई तिव्र पारेको छ । जिल्लाका सार्वजनिक स्थान, सडक, धारा, चौतारा भवनहरुमा मुख्य नारा र अन्य विभिन्न नाराहरु व्यापक वालिङ गरि प्रचारप्रसारलाई तिव्र पारेको बताइएको छ । जितेदेखि फोई जितेदेखि बाजुरासम्म ४ वटा टिम परिचालन गरि प्रचारको कामलाई तिव्रता दिएको जिल्ला सेक्रेटरी रणदिपले बताए । साथै उनले अबको राजनीति गतिरोधलाई चिर्न उक्त नारामा गोलबन्द हुँदै समग्र गतिरोधलाई यो नाराले निकास दिने पनि बताए । संसदिय व्यवस्था करिबकरिब चितामा गइसकेकाले अबको एक मात्र विकल्प वैज्ञानिक समाजवाद भएकोले वालिङमार्फत प्रचारप्रसारको काममा जुटेको सेक्रेटरी एडीले बताए ।