अनेम संघद्वारा भट्टको हत्यारालाई कारवाही गर्न माग

२०७७ माघ २३ गते, शुक्रबार


काठमाडौं । अखिल नेपाल महिला संघ क्रान्तिकारीले भागरथी भट्टको हत्यारालाई तत्काल कारवाही गर्न माग गरेको छ । सो संगठनको सेती–महाकाली क्षेत्रीय समन्वय समितिले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–०७ सनातन धर्म माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारवाही गर्न संघर्षमा उत्रिन अपिल गरेको हो । संगठनकी व्युरो संयोजक पूर्णिमा धामीले शुक्रबार बिज्ञप्ति जारी गर्दै मानविय संवेदनाका सम्पुर्ण मुल्यमान्यताहरुको देहावसान गराउने यस्तो क्रुर, हिंसक र जघन्य अपराधको घटनामा संलग्न अपराधीलाई कठोर सजाय दिन माग गरेकी छन् । बिज्ञप्तिमा भनिएको छ,“मानविय संवेदनाका सम्पुर्ण मुल्यमान्यताहरुको देहावसान गराउने यस्तो क्रुर, हिंसक र जघन्य अपराधको घटनामा संलग्न अपराधीलाई कठोर सजाय माग गर्दछौं । साथै सम्पूर्ण महिला दिदिबहिनीहरु र आम जनसमुदाय लाई यस्तो अभिव्यक्त गर्न नसकिने पिडादायी र क्रुर महिला हिंसाका घटनाहरु सधैंका लागि समाप्त पार्ने संघर्षमा उत्रिन अपिल गर्दछौं ।”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु