जनपत्रकार संगठन अछामद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७७ माघ २७ गते, मंगलवार


काठमाडौँ । जनपत्रकार संगठन नेपाल अछामले ‘पत्रकारिताको आगामी कार्यभार र विद्यमान राजनैतिक सङ्कटको निकासको बाटो’ बिषयक अन्तरक्रिया सम्पन्न गरेको छ । अछामको मंगलसेनस्थित अछाम बहुमुखी क्याम्पस पत्रकारिता बिषयमा अध्ययनरत विद्यार्थीहरु र अन्य विद्यार्थीहरुसँग अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्मा ‘दर्शन’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रमाथि राज्यद्वारा विभिन्न ढंगले खोस्ने प्रयत्न गरिएको पत्रकारहरूको थप जिम्मेवार हुनुपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार एवम् शिक्षक शिवराज ढुङ्गानाले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु