‘भागिरथीको हत्यारालाई कडा कारवाही गर’

२०७७ माघ २८ गते, बुधबार


काठमाडौँ । अखिल नेपाल महिला संघ(क्रान्तिकारी) मकवानपुरले बैतडी जिल्लाकी कक्षा १२ मा अध्ययनरत १७ वर्षीय किशोरी भगिरथी भट्टको न्यायका लागि हेटौंडा उपमहानगरपालिका-१५ मा विरोध कार्यक्रम सम्पन्न गरेको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो संघले गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अनेम संघ क्रान्तिकारी मकवानपुरकी अध्यक्ष ज्योतिले समाज, राष्ट्र र समग्र नागरिकको सुरक्षाको दायित्व राज्यको भएता पनि राज्य यसप्रति गैरजिम्मेवार भएको बतएकी छिन् । निर्मल पन्तदेखी भागिरथी भट्टको घटनासम्म आइपुग्दा देशभर ३३४७ जना महिला बलात्कारको शिकार हुन बाध्य भएको र त्यसमा आधाभन्दा बढी बालबालिका भएसंगै १७ जना चेलिको बलात्कारपछि हत्या भएको कुरा स्पष्ट पार्दै यस किसिमको घटनाप्रती राज्य सरकार गैरजिम्मेवार हुनुका साथै अपराधीलाई कानुनको दायरामा ल्याई सजाय दिनुको सट्ट अपराधीको रक्षा गरि उल्टै पीडकलाई मनोबल बढाउने जस्ता घृणित काम गरेको आरोप समेत लगाएकी छिन। यस प्रकारको घटना समाजमा बारम्बार घटिरहे तापनी सरकारको कुनै किसिमको ध्यानाकर्षण नभएकाले दिनानुदिन समाजमा महिलामाथि हुने दुर्व्यवहार, हत्या, हिंसा, बलात्कार घृणित तथा जघन्री अपराधमा सरकार्को हात रहेको र केपि लगायत राष्ट्रपति जस्ता सथानमा महिला भएता पनि महिलामाथी हुने दुर्व्यवहार रोक्न नसकेकाले विद्यादेवि भण्डारी समेत यश घटनाको भागिदार भएको आरोप लगाएकी छिन्।
यसैगरी .ज्योतिले राज्य सरकारले पालेका सुरक्षाकर्मी नाममात्रको तथा केपि-विद्याका व्यक्तिगत सुरक्षाकर्मी जस्तो भएको कुरा स्पष्ट पार्दै सुरक्षाकर्मीलाई टोल, समाज, राष्ट्रका साथै आम नागरिकको सुरक्षाका लागि खटाउनुपर्नेमा जनताको हकहित र अधिकारको पक्षमा बोल्ने नेकपाका कार्यकर्तालाई गिरफ्तार गर्ने, दमन गर्ने नीतिप्रती घोर आपत्ति जनाउनुका साथै त्यसको भर्त्सना समेत गरेकी छिन्।
उक्त बिरोध कार्यक्रम शक्तिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु