चार कम्युनिष्ट पार्टीबीच कार्यगत एकता: संघर्षका कार्यक्रम सार्वजनिक गर्दै

२०७७ माघ २९ गते, बिहीबार


काठमाडौँ । संसदीय व्यवस्थावाट देश र जनताको मुक्ति सम्भंब छैन भन्दै सम्पूर्ण निकायका निर्वाचन बहिष्कार गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीको पहलमा निर्माण भएको रणनैतिक मोर्चाले वर्तमान संकटको समाधानसहित आज संघर्षका कार्यक्रम घोषणा गर्दैछन् ।
नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी , ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, नेपालबीच बनेको रणनीतिक संयुक्त मोर्चाले आज मध्यान्ह १२ . ३० बजे काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनवाट अवधारणापत्र र संघर्षका कार्यक्रम सार्वजनिक गर्ने भएका हुन् ।
‘संसदमा भएका पार्टीहरुबीचको खिचातानी, कलहले अहिले मुलुकमा उत्पन्न भएको समस्याको समाधान संसद पुर्नस्थापना र निर्वाचनले नदिने चारवटै पार्टीको ठहर छ । व्यवस्था नै असफल भैसकेकाले समस्या समाधानका लागि बैकल्पिक शक्तिहरुलाई भूमिका दिनुपर्ने उनीहरुको माग छ ।
वैदेशिक शक्तिको आडमा ओलीले संसद विघटन गरेकाले संसदीय व्यवस्था खारेज नै गर्नुपर्ने अडानमा चारवटै दल छन् । अहिलेका नक्कली कम्युनिष्टहरूको विकल्प दिनका लागि मोर्चाबन्दी गर्न लागिएको उनीहरुको दावी छ ।

प्रतिक्रियाहरु

[anycomment]