मकवानपुरमा २६ औं जनयुद्ध दिवस भव्य रुपमा सम्पन्न

२०७७ फाल्गुन २ गते, आईतवार


काठमाडौँ । नेकपा मकवानपुरले मकवानपुरका पुर्वी बेल्ट हेटौंडा-१७ र पश्चिमी बेल्ट मनहरी-2 गरि दुई छुट्टाछुट्टै क्षेत्रमा सयौं जनताहरुको बिचमा एकापसमा शुभकामना आदानप्रदान गर्दै २६ औं जनयुद्ध दिवस भव्य एवम सानदार ढङ्गले मनाएको छ। जिल्लाका दुबै स्थानमा सम्पन्न भएका कार्याक्रममा जिल्ला पार्टीको विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुका साथै सयौं समर्थक जनताहरुको समेत उपस्थिति रहेको थियो। त्यस्तै गरि नेकपा मकवानपुरका जिल्ला इन्चार्ज, जिल्ला सेक्रेटरी लगायतको विशेष उपस्थितिमा उक्त कार्यक्रम हर्सोल्लासका साथ सम्पन्न भएको थियो। जिल्लाको पुर्वी क्षेत्रमा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज क. जमिनले ऎतिहासिक जनयुद्धको २६ औं वार्षिक उत्सव मनाउनुको महत्व, औचित्य र उद्देशको बारेमा प्रष्ट्याएका थिए । पार्टीले राष्ट्रियता, जनतन्त्र, जनजीविकासम्बन्धी विभिन्न संघर्षका कार्यक्रम लन्च गरिरहेको बताउदै उनले यो सामाजिक फासीवादी सरकारले पार्टीमाथी लगाएको प्रतिबन्ध अब तत्काल हटाउनुको विकल्प नरहेको समेत बताए ।


त्यस्तै गरि जिल्लाको पश्चिमी बेल्टमा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका जिल्ला सेक्रेटरी अटलले दस वर्षे जनयुद्धको तत्कालीन महत्व, उद्देश्य, कार्यनितिका साथै जनयुद्धका अगुवाहरु नै दलाल संसदीय व्यवस्थाको दलदलमा फसिसकेपछिको अधुरो परिणामपश्चात् भएका धोकाधडिका कारण जनयुद्धको एजेन्डाहरु चोइटिएर बेपत्ता भएझैं हराएकोले जनता र सहिदका सपनाहरु पूरा नभएको कुरा जानकारी गराउँदै अब फेरि उक्त एजेन्डाहरु बटुल्दै एकीकृत गर्दै दलाल संसदीय व्यवस्था खारेज गरि वैज्ञानिक समाजवादी सत्ताको स्थापनार्थ महान सहिदहरुको सपना साकार पार्नका निमित्त एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा तय गरिएको बताए ।


दुबै कार्यक्रमका वक्ताहरुले अझै पनि क्रान्तिको अन्त्य भइनसकेको कुरा स्पष्ट पार्दै फेरि पनि आम जनता आआफ्नो स्थानबाट उठ्दै, जुट्दै, गोलबद्द हुँदै दिनप्रतिदिन नाङ्गिदै गैरहेको संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनका निम्ति तय गरिएको एकीकृत जनक्रान्तिको कार्यदिशा र बाटोमा अघि बढ्नुका साथै बढाउनका लागि भरमग्दुर आव्हान समेत गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु