नेपाल कम्युनिस्ट पार्टीको नाममा ठगि धन्दा !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको नाममा ठगि धन्दा चलाएको प्रमाण भेटिएको छ । ‘नेपाल कम्युनिस्ट पार्टी विप्लब’ नामक लेटरहेडमा नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लबको फोटोसमेत राखेर उक्त गिरोहले देशभर ठगि धन्दा चलाएको प्रमाण प्राप्त भएको छ । उक्त पत्रमा धम्कीपूर्ण भाषामा भनिएको छ – ” तपाईलाई पनि हाम्रो पार्टीको वारेमा जानकारी नै होला त्यसैले चलाखी नगरी हाम्रो पार्टीलाई सहयोग गरीदिनु होला । यदि चलाखी गर्नै प्रयास गरेमा पार्टीको निणय अनुसार कारवाही अगाडी बढाईने छ । बाकी कुरा फोन मार्फत गरौला जुनसुकै समयमा पनि फोन आउँन सक्छ फोन उठाउनु होला ।”
केहि समय अगाडी नेपाल कम्युनिस्ट पार्टीले पार्टीको लोकप्रियता बढेपछि र पार्टी नेपाली जनताको आँखाको नानी बन्दै गएपछि पार्टीलाई बदनाम गर्न, पार्टीको नाममा चन्दाको आतंक मच्चाउने गुण्डा, लुटेरा, सुराकी, भगौडा र अपराधिक तत्वहरु ज्यान फालेर लागेको कुरा जनताले पार्टीलाई बिविध माध्यमबाट जानकारी गराइरहेको बताएको थियो । सो पार्टीले क्रान्तिको नेतृत्व गरिरहेको पार्टी हुनुले नेपालका व्यापार-व्यावसायी एवं कर्मचारी क्षेत्रसंग पार्टीका जिम्मेवार निकायबाट सहयोगको अनुरोध गर्ने बाहेक चन्दाको नाममा आतंक मच्चाउने र जवर्जस्ती असुली गर्ने कार्य नभएको कुरा सार्बजनिक गर्दै सहयोग दाता महानुभावहरूले पार्टीको आधिकारिकता बाहेक नठगिन र ठगहरुलाई पार्टीमा बुझाईदिन विशेष अनुरोध गर्दै त्यस्ता ठगलाई ठाउँका ठाउँ कारबाही गर्ने बताएको थियो । अब यो प्रमाण बाहिरीसंगै यस्ता ठगहरुलाई पार्टीले के कारबाही गर्छ त्यसमा भने जनचासो रहेको छ।