युवा संगठन घोराहीको दाेस्राे भेला सम्पन्न

काठमाडौँ । युवा संगठन नेपाल घोराही नगरको दाेस्राे भेला सम्पन भएको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका दाङका इन्चार्ज प्रेमको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको युवा संगठन घोराही नगर इन्चार्ज अजयको अध्यक्षता सम्पन भएको हो । सो भेलालाई सम्बोधन गर्दै प्रेमले देशमा दलालीकरण, भ्रष्टाचार, हत्याहिंसा, बलात्कार जस्ता घटना दिनप्रतिदिन बढिरहेकाले त्यसका विरुद्ध निर्मम संघर्ष गर्न आह्वान गरे । उनले आफ्नो पार्टी राष्ट्रघात, जनघात, भ्रष्टाचार तथा दलालहरुका विरुद्ध संघर्ष गरेकै कारणले नै दलाल पुँजीवादी सत्ता अत्तालिएर प्रतिबन्ध लगाएको जिकिर गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशामा सम्पूर्ण युवाहरु गोलबन्द हुन र वैज्ञानिक समाजवादी सत्ता प्राप्तिको दिशामा अघि बढ्न अपिल समेत गरे ।
कार्यक्रमका विशिष्ट अतिथि युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज अनिलले युवाहरुको काधमा ऐतिहासिक जिम्मेवारी थपिएको र त्यो पूरा एकीकृत जनक्रान्तिको कार्यदिशामा समाहित भएर हुने उद्घोष गरे । कार्यक्रममा युवा संगठन नेपाल दाङ जिल्ला संयोजक मनोज, नेकपा घोराही नगर इन्चार्ज जनक, अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समिति संयोजक अनिलको सहभागिता रहेकाे थियो भने कार्यक्रमको सहजीकरण खुमनले गरेका थिए । भेलाले प्रभुत्वको नेतृत्वमा १७ सदस्यीय नगर कमिटी चयनसमेत गरेको छ ।