रणनैतिक संयुक्त मोर्चा बुटवलमा विशाल जनसभा गर्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीको रणनैतिक संयुक्त मोर्चाको आयोजनामा आज संघर्षका कार्यक्रम अन्तरगत ट्राफिक चोक, बुटवलमा विशाल जनसभा हुने भएको छ ।उक्त विशाल जनसभामा नेकपा (क्रान्तिकारी माओवादी)को महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष ऋषिराम कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको संयोजक विश्वभक्त दुलाल ‘आुति’, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको शीर्र्ष नेताहरू लगायत मोर्चामा आबद्ध नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहने र जनसभाको तयारी भैरहेको आयोजकले बताएका छन ।त्यस्तै संघर्षको कार्यक्रम अन्तरगत फागुन १४ गते जनसभा – कैलाली, फागुन १८ गते जनसभा – इटहरीमा हुने जनाइएको छ । नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले माघ २९ गते राजधानीको प्रज्ञा भवनबाट रणनैतिक संयुक्त मोर्चाको घोषणा गरेका थिए । कार्यक्रममा मोर्चाको अवधारणा पत्र, निती र कार्यक्रम घोषणा गरेका थिए । उनीहरुले वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देयका साथ रणनैतिक मोर्चा बनाएको विषय उल्लेख गर्दै संयुक्त हस्ताक्षर गरेका थिए ।