‘संसद पुनर्स्थापनाले बर्तमान संकटकाे समाधान गर्दैन ‘

२०७७ फाल्गुन १२ गते, बुधबार


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले संसद पुनर्स्थापनाले बर्तमान संकटको समाधान नहुने बताएको छ । सो पार्टीका महासचिव मोहन वैद्य किरणले संसद पुनर्स्थापना हुँदैमा संसदीय व्यवस्थाभित्र देखिएको संकट समाधान नहुने बताएका हुन् । महासचिव किरणले पार्टीको धारणा सार्वजनिक गर्दै मंगलबारको अदातलको फैसलाले केपी ओलीको निरंशकुश फासीवादी कदमलाई असफल तुल्याइदिए पनि संसदकाे पुनर्स्थापनाले संकट समाधान नहुने ठोकुवा गरेका छन । महासचिव किरणद्वारा जारी बिज्ञप्तिमा संसदीय व्यवस्थाका करण उत्पन्न राजनीतिक संकट र मुलुकमा विद्यमान राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुकाे समाधानका लागि संघीय जनगणतन्त्रकाे स्थापना अपरिहार्य रहेकाे उल्लेख गरिएकाे छ ।
महासचिव किरणले संसदीय व्यवस्थाले नेपालको राजनीतिक समस्याको हल गर्दैन भन्ने धारणा सार्वजनिक गर्दै देशमा अब संघीय जनगणतनान्त्रिक राजनीतिक व्यवस्थामा जानुको विकल्प नभएकोमा जोड दिएका छन ।

प्रतिक्रियाहरु

[anycomment]