कांग्रेस पदाधिकारीको बैठक बस्दै

२०७७ फाल्गुन १३ गते, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा पुर्नस्थापना भएसँगै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न आज पदाधिकारीको बैठक बोलाएको छ । आज दिउँसो तीन बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने बैठकमा सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेसँगै उत्पन्न परिस्थितिका बारेमा छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलेल जानकारी दिए । यस्तै विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपाको प्रस्तावलगायत विषयमा छलफल हुने पौडेलले जानकारी दिए ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेसँगै नयाँ सरकार गठनको बहस सुरु भएको छ । यसमा कांग्रेस निर्णायक देखिएको छ । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।

प्रतिक्रियाहरु

[anycomment]