नेकपा अछामद्वारा सहिद परिवारहरुलाई सम्मान

२०७७ फाल्गुन १८ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी अछामले सहिद परिवारहरुलाई सम्मान गरेको छ। फाल्गुन १४ बाट शुरु गरेको सहिद सप्ताह २०७७ अन्तरगत सहिद परिवार सम्मान कार्यक्रम सोमबार रामारोसन गाउँपालिकामा १ जना, बान्निगडी जयगद गा.पा. को १ जना गरि २ जनालाई रामारोशनको गजड बजारमा ३ जनालाई मंगलसैन न.पा. १४ कालागाउँमा, ४ जनालाई मेल्लेख गा.पा.को ऋषिदहमा र २ जना सहिद परिवारलाई ढकारी गा.पा.को ढुंगाचाल्नामा दोसल्ला, सम्मान पत्र, टिकाग्रहण गरि सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
यसैगरी मंगलसैन नगरपालिका १४ को सहिद परिवार सम्मान कार्यक्रमको अध्यक्षता सुमन, प्रमुख अथिति जिल्ला पार्टी सचिव प्रतिक, अथितिमा युवा संगठन नेपाल अछामका जिल्ला संयोजक सुशील, मंगलसैन न.पा. १४का वडा अध्यक्ष तेजबहादुर भण्डारी, सहिद परिवारबाट अशोक भण्डारी रहेका थिए । सम्मान कार्यक्रमलाई विज्ञानले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य सुशीलले राखेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार