नेकपाद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

२०७७ फाल्गुन २३ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ। सो पार्टीको काठमाडौँ जिल्ला समितिले जनयुद्ध दिवस तथा सहिद सप्ताहको सन्दर्भमा जनयुद्ध तथा एकीकृत जनक्रान्तिमा सहादत प्राप्त गरेका महान् सहिद तथा बेपत्ता परिवारलाई भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको बताइएको छ । काठमाडौँ जिल्लाले दस वटा नगर/महानगरमा एकिकृत जनक्रान्तिमा सहादत प्राप्त गरेका सहिद प्रज्वलको भाईबहिनी, कृष्ण भण्डारी ‘निरन्तर’, सानुमाया डङ्गोल भण्डारी, दिपेन्द्रको परिवारलाई भेटघाट तथा सम्मान कार्यक्रम गरेको हो ।
दसवर्षे जनयुद्धमा सहादत प्राप्त गरेका सहिद दिनेश लामिछानेको बुवा श्यामप्रसाद लामिछाने, ठाकुर लामिछनेको भाउजु साबित्री लामिछने, चन्द्रसिङ्ग बोहोराको छोरी लगायत सहिद परिवालाई प्रमाण–पत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो । दसवर्षे जनयुद्धको बेपत्ता बिपिन भण्डारीको बुबा एकराज भण्डारी, रुपेश रुपाखेतिको दाई रमेश रुपाखेती, भिम महर्जनको परिवार, बेनोज अधिकरीको आमा, अजय शाहीको दाई, अर्जुन महर्जनको परिवार लगायतलाई प्रमाण–पत्र तथा दोसल्ला ओढाई सम्मान गरेको उक्त कार्यक्रममा काठमाडौँ जिल्लाका सचिवालय सदस्यहरुको उपस्थिति रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार