विप्लवद्वारा अनेमसंघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन उदघाटन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन आज १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कपिलवस्तुको शिवगढीमा सुरु भएको छ ।
“महिला हिंसा र फासिवादी दमनका विरुद्ध हाम्रो आन्दोलन ! वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन !!” भन्ने मूल नाराका साथ महिला जनसमुदायहरुको भव्य र्यालीले कपिलवस्तुको शिवगढी गाउँ परिक्रमा गरेको थियो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, सचिवालय सदस्य धर्मेन्द्र बास्तोला लगायत अन्य अतिथिहरुको सहभागिता रहेको छ ।
