राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

२०७७ चैत्र ३ गते, मंगलवार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो ४ बजे सर्वदलीय बैठक बस्दैछ । बैठकमा पुर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका संचार मामिला विज्ञ सचिव टीका ढकालले बताए ।
राष्ट्रपतिले यसअघि नै दलहरू सङ्ग छलफल गर्न चाहे पनि कोरोना जोखिमका कारण त्यो सम्भव नभएको र अहिले खोपको उपलब्धतासंगै त्यो सजिलो भएको शीतल निवासको भनाइ छ । आगामी राजनीतिक परिस्थिति र संकटको निकासबारे छलफल गर्न राष्ट्रपति भण्डारीले नेताहरुलाई बोलाएको बुझिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]