जनपत्रकार संगठन सबै संघसंगठनसँग छलफल र वार्ता गर्न तयार

२०७७ चैत्र ६ गते, शुक्रबार


काठमाडौँ । जनपत्रकार संगठन नेपालले पत्रकार महासंघको आसन्न निर्वाचनका बिषयमा सबै संघसंगठनहरुसँग छलफल र वार्ता गर्न तयार भएको बताएको छ। सो संगठनले कुनै विचारधाराका आधारमा गठबन्धन गर्ने भन्दा पनि एजेण्डा र सम्मानजनक प्रतिनिधित्वका लागि सबै संघ/संगठनहरुसँग छलफल र वार्ता गर्न तयार रहेको बताएको छ ।
जनपत्रकार संगठन नेपालका संयाेजक शेर बहादुर विश्वकर्मा बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघको आसन्न निर्वाचनबारे संगठनको यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले आगामी निर्वाचनमा सहमतिय प्रणालीबाट निर्वाचन होस् र महासंघमा वैचारिक प्रतिनिधित्वलाई सुनिश्चित गर्दै महासंघ साँच्चिकै हामी सबैको साझा संस्था हुनुपर्छ भन्ने आफ्नो पूर्ववत धारणाप्रति दृढ रहेको पनि बताएका छन् ।
यस बिषयमा जनपत्रकार संगठन नेपालका संयोजक शेरबहादुर विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तीको पूर्ण विवरण यस प्रकार रहेको छ –
“हामी पत्रकारहरुको साझा एवं नागरिक अगुवा संस्था नेपाल पत्रकार महासंघको आशन्न निर्वाचनबारे हाम्रो धारणा सार्वजनिक गर्ने उद्देश्यले यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
१) जनपत्रकार संगठन नेपाल, आगामी निर्वाचनमा सहमतिय प्रणालीबाट निर्वाचन होस् र महासंघमा वैचारिक प्रतिनिधित्वलाई सुनिश्चित गर्दै महासंघ साँच्चिकै हामी सबैको साझा संस्था हुनुपर्छ भन्ने आफ्नो पूर्ववत
धारणाप्रति दृढ रहेको छ ।
२) निर्वाचनमा कुनै विचारधाराका आधारमा गठबन्धन गर्ने भन्दा पनि एजेण्डा र सम्मानजनक प्रतिनिधित्वका लागि सबै संघसंगठनहरुसँग छलफल र वार्ता गर्न हामी तयार रहेको कुरा जानकारी सहित आव्हान गर्दछौ ।”

प्रतिक्रियाहरु

[anycomment]