‘वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त नहुँदासम्म उत्पीडित जाती र समुदायको मुक्ति असम्भव’

२०७७ चैत्र ११ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगरले वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त नहुँदासम्म सम्पूर्ण उत्पीडित जाती र समुदायको मुक्ति सम्भव नहुने ठोकुवा गरेका छन । उनले उत्पीडित जातीय संघर्ष वर्गसंघर्षसँग लैजानुपर्ने भन्दै त्यसका लागि सम्पूर्ण उत्पीडित मगरहरु एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने समेत बताएका छन । नेता बुढामगरले मगर मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण वैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
नेता बुढामगरको प्रमुख अतिथिमा बसेको मगर मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण वैठकले २०७८ जेठ २१ र २२ गते तनहुँमा चौथो राष्ट्रिय सम्मेलन गर्ने निर्णयसमेत गरेको छ । सम्मेलन सम्पन्न गर्नका लागि गमबहादुर श्रीस मगरको संयोजकत्वमा ४१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । वैठकले विधान प्रतिवेदन लेखन उप–समिति, व्यवस्थापन उप–समिति, आर्थिक व्यवस्थापन उप–समिति, प्रकाशन उप–समिति लगायत अन्य उप–समितिहरुसमेत गठन गरेको जनाइएको छ । त्यसैगरी सचिवालयको कार्यविभाजन गरेको छ भने १२ ब्युरोहरुमा संयोजकहरु तोकेको, आयोजक समिति बाहेक १०० जना प्रतिनिधि र २० जना पर्यवेक्षक सम्मेलनमा सहभागि रहने र कम्तिमा ४२ जिल्लामा भेला सम्मेलन गर्ने निर्णय गरेको संयोजक गमबहादुर श्रीसमगरले बताए ।
सम्मेलनका लागि मोर्चाले “वैज्ञानिक समाजवाद स्थापनार्थ एकीकृत जनक्रान्तिको बाटोमा अघि बढौं ! जातीय मुक्तिका लागि चौथौ राष्ट्रिय सम्मेलन भव्य रूपमा सफल गरौँ !!” भन्ने नारा तय गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]