नेपाल कम्युनिष्ट पार्टीद्वारा सेति महाकालीमा स्कुलिंग कार्यक्रम जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सेति महाकालीमा स्कुलिंग कार्यक्रमलाई निरन्तर रुपमा संचालन गरीरहेको छ । चैत ६ गते कैलालीको लम्कि चुहा नगरपालीका बाट शुरु गरीएको स्कुलिंग दोस्रो चरणमा घोडाघोडी नगरपालीकामा सम्पन्न भएको छ । सेति महाकाली स्कुलिंग विभाग सदस्य राजेन्द्र विष्ट’परिवर्तन’ को अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सेति महाकाली व्युरो इन्चार्ज प्रशान्त प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा स्कुलिंग विभाग प्रमुख शेर वहादुर देउवा’नविन’, पार्टी कैलाली जिल्ला सचिव करन अतिथि थिए । कार्यक्रमका प्रमुख अतिथि प्रशान्तले सम्वोधन गर्दै वैज्ञानिक समाजवादी सत्ताका लागि नेता कार्यकर्ताहरुले जस्तो सुकै बलीदान दिनका लागि समेत तयार हुनु पर्ने बताउँदै त्यसका लागि स्कुलिंग अति आवश्यक रहेको बताए । त्यसै गरी व्युरो स्कुलिंग विभाग प्रमुख शेर वहादुर देउवा ‘नविन’ले राजवन्दीहरुको तत्काल रिहाई र झुटा मुद्दा खारेज गर्ने कुरामा सरकारले ढिलाई गरीरहेको र थप गिरफ्तार गरीरहेको विषयमा चिन्ता व्यक्त गर्दै भने, यसले आम जनतामा सम्झौता कार्यान्वयन हुनेमा आशंका बढ्दै गएको छ । तसर्थ सम्झौता कार्यान्वयनका लागि सरकारलाई स्मरण गराउँन चाहन्छौं । कार्यक्रमको सन्चालन विभागका सदस्य दील वहादुर साउँदले गरेका थिए । स्कुलिंगमा मार्क्सवादका तीन ओटा संघटक अंग दर्शन शास्त्र, वैज्ञानिक समाजवादी अर्थशास्त्र र वैज्ञानिक समाजवादको अध्ययन गराईएको कार्यक्रममा कैलाली जिल्लाका जिल्ला सदस्यहरु सहभागि भएका थिए। त्यसै गरी कैलारी गाउँपालीका, गौरी गंगा नगरपालीका, भजनि नगरपालीका, घोडाघोडी नगरपालीका, गोदावरी नगरपालीका र धनगढी उप महानगरपालीका समितिका वरीष्ठ सदस्यहरु समेत पचास जना सहभागि थिए । समापन कार्यक्रमका अध्यक्ष राजेन्द्र विष्ट ‘परिवर्तन’का अनुसार स्कुलिंग कार्यक्रम सुदूर पश्चिम प्रदेशका नौ वटै जिल्लामा चल्नेछ ।