सरकार र थरुहट संघर्ष समितिबीच वार्ता सुरु

२०७७ चैत्र १७ गते, मंगलवार


काठमाडौं । सरकार र थारु कल्याणकारिणी सभासहित थरुहट संघर्ष समितिबीच गृह मन्त्रालयमा वार्ता सुरू भएको छ । थारु कल्याणकारिणी सभाका पदाधिकारी, गृहमन्त्री रामबहादुर थापा ’बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईबीच वार्ता सुरु भएको बयाइएको छ । यसघि , गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन भएको थियो । सभाले १९ बुँदे माग सरकारसँग राखेको छ । सो माग पूरा भए समाजवादी पार्टीले प्रधानमन्त्री केपी ओलीसँग सत्ता साझेदारी गर्ने सम्भावना बलियो छ ।

प्रतिक्रियाहरु

[anycomment]