म्यानमारको सैनिक शासकलाई नरसंहार बन्द गर्न आह्वान

२०७७ चैत्र १७ गते, मंगलवार


काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले म्यानमारको सैनिक शासकलाई नरसंहार तुरुन्त बन्द गर्न आह्वान गर्दै त्यहाँको जननिर्वाचित सरकार र संसदको पुनर्वहाली गर्न तथा लोकतन्त्रको र मानवाधिकारको सम्मान गर्न आह्वान गरेको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ती जारी गर्दै सो आह्वान गरेका हुन्। यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको बिज्ञप्तीको पूर्ण बिबरण यस प्रकार रहेको छ – “म्यानमार जनताप्रति बढ्दै गएको भीषण सैनिक तथा नरसंहारकारी दमनप्रति विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको गंभीर ध्यान आकर्षित भएको छ । त्यहाँको जननिर्वाचित सरकार र संसदलाई समेत भंग गरेर त्यहाँको सैन्य सरकारले व्यापक फासीवादी दमनको नीति अपनाएको छ । आजसम्म म्यानमारमा ४०० भन्दा बढी मानिसहरुको नरसंहार गरिएको छ , जसमा दुई दर्जनभन्दा बढी बालबालिकाहरु रहेको बताइएको छ । हजारौंलाई गिरफ्तार गरेर जेल हाल्नुका साथै हजारौंलाई घाइते तुल्याइएको छ ।
व्यापक सैनिक दमनका बावजुद सिमित लोकतन्त्रको रक्षा तथा त्यहाँको सैनिक दमनका विरुद्ध जनताले सशक्त रुपले आन्दोलन सञ्चालन गर्नु स्वागतयोग्य विषय बनेको छ । हाम्रो संगठनले म्यानमारमा सैनिक फासीवादी दमनको कडा शब्दमा घोर विरोध र भ्रत्रसना गर्दै म्यानमारका जनताको ऐतिहासिक आन्दोलनसित ऐक्यबद्धता प्रकट गर्दछ । यसका साथै हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र म्यानमारको फाषिष्ट तथा तानाशाही सैनिक शासकहरुलाई त्यहाँको जननिर्वाचित सरकार र संसदको पुनर्वहाली गर्न तथा लोकतन्त्रको र मानवाधिकारको सम्मान गर्न आह्वान गर्दछ । र, त्यहाँको सैनिक शासकहरुलाई नरसंहार तुरुन्त बन्द गर्न कडा शब्दमा आह्वान गर्दछ ।”

                                      (  )  

प्रतिक्रियाहरु

[anycomment]