प्रगतिशील पत्रकारको संयुक्त प्यानलद्वारा साझा उम्मेदवार घोषणा

२०७७ चैत्र १८ गते, बुधबार


काठमाडौं । जनपत्रकार संगठन नेपाल, प्रेस चौतारी नेपाल,प्रेस मञ्च, मिडिया नेपालसहित ९ वटा पत्रकार संगठनले नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनका लागि साझा उम्मेदवार घोषणा गरेका छन । प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यवसायिक पत्रकारको सो संयुक्त प्यानलले आगामी चैत २५ गते हुन लागेको निर्वाचनका लागि साझा उम्मेदवारहरु घोषणा गरेको हो ।
घोषणा सभामा संयुक्त प्यानलमा सहभागि जनपत्रकार संगठन नेपालका संयोजक शेर बहादुर विश्वकर्मा, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस मञ्चका अध्यक्षलगायत ९ संगठनका प्रमुखले ७ बुँदे प्रतिबद्धतापत्रमा संयुक्त हस्ताक्षर समेत गरेका थिए ।
कार्यक्रमा अध्यक्षका उम्मेदवार निर्मला शर्माले आफ्नो प्रतिबद्धता मन्तव्य राख्दै प्रेस स्वतन्त्रता र पत्रकारहरुको हकहितको लागि कतिबद्ध भएर लाग्ने बताइन् । उनले आफू जित्ने आत्मविश्वासका साथ उम्मेदवारी दिएको बताउदै ९ संगठनको सल्लाह सुझावअनुसार अघि बढ्ने र अहिलेको भन्दा राम्रो काम गरेर देखाउने पनि बताइन् ।
कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले प्यानलका सबै उम्मेदवारहरुलाई सफलताको शुभकामना दिए । यस्तै कार्यक्रममा प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल, जनपत्रकार संगठन नेपालका संयोजक विश्वकर्मा, वरिष्ठ पत्रकारहरु कुन्दन अर्याल, तिर्थ कोइराला, यशोदा तिमिल्सीना, पत्रकार महासंघका पूर्व महासचिव उजिर मगर, सञ्चारिका समुहकी रितु झा, व्यवसायिक पत्रकार महासंघका अध्यक्ष केशव देवकोटा, पिपुल्स भोलिन्टिएर जर्नालिस्टका नारायणप्रसाद शर्मा, अपांग पत्रकार संघका योगेन्द्र प्रताप शाह लगायतले बोलेका थिए ।
प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रेस मञ्चका निमेश कर्णले राखेका थिए भने सञ्चालन प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले गरेका थिए । प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन नेपाल, प्रेस मञ्च, मिडिया नेपालसहित ९ संगठनको आयोजनामा भएको कार्यक्रममा आगामी चैत २५ गते हुन लागेको निर्वाचनका लागि उक्त प्यानलले आफ्ना उम्मेदवारहरु घोषणा गरेको हो। जुन यस प्रकार रहेको छ –
अध्यक्षका उम्मेदवारः निर्मला शर्मा
वरिष्ठ उपाध्यक्षः माधव नेपाल उपाध्यक्ष (महिला): दाना केसी सुवेदी
उपाध्यक्ष (समावेशी): अवधेश झा
महासचिवः बालकृष्ण बस्नेत
सचिव (खुल्ला): रामकृष्ण ज्ञवाली
सचिव (महिला): निमा काफ्ले
सचिव (आदिबासीजनजाति): शाहीमान राई
सचिव (मधेशी): स्श्वेता सिन्हा
सचिव (दलित): मधु शाही
सचिव (एशोशियट): रामेश्वर कार्की
कोषाध्यक्षः कृष्ण गिरी
लेखा समिति संयोजकः द्वारिका काफ्ले

प्रतिक्रियाहरु

[anycomment]