कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यलय सानेपामा बस्ने बताइएको छ । बैठकमा क्रियाशील छानविन समिति र अन्तरपार्टी समायोजन समितिले प्रतिवेदन पेश गर्नेछन् । छानबिन समितिले क्रियाशील सदस्यतासम्बन्धी महाधिवेशन कार्यतालिका हेरफेर गर्ने महामन्त्री पूर्ण बहादुर खड्काले जानकारी दिए । संसद पुनःस्थापनापछि पार्टी महाधिवेशन र राष्ट्रिय राजनीतिबारे काँग्रेस केन्द्रीय समितिमा आज छलफल हुन लागेको हो ।