किसान महासंघको राष्ट्रिय भेला चैत्र २४ देखि

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को राष्ट्रिय भेला हुने भएको छ । नेकपानिकट सो महासंघले ऐतिहासिक जनआन्दोलन दिवसको अवसर पारेर चैत्र २४ गते सिन्धुलीको माडिमा राष्ट्रिय भेला गर्न लागेको हो । दलाल भूमाफियाको जग्गा राष्ट्रियकरण गरौँ ! वैज्ञानिक समाजवादको बाटोमा अघि बढौँ !! भन्ने नारासहित हुन लागेको भेलालाई नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड, सल्लाहकार समितिका अध्यक्ष असारे काकालगायतले सम्वोधन गर्ने किसान महासंघका संयोजक हरि श्रेष्ठले बताए ।