तीन दलको बैठक बिनानिष्कर्ष समाप्त

२०७७ चैत्र २७ गते, शुक्रबार

काठमाडौं। देउवा निवास बुढानिलकण्ठमा बसेको तीन दलीय बैठक बिनानिष्कर्ष सकिएको छ। बैठकमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी(जसपा)का शीर्ष नेता सहभागी थिए। बैठकपछि पत्रकारसँग प्रतिक्रिया दिँदै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा जसपाले आफ्नो पार्टीभित्र छलफल गर्न समय मागेकाले बैठक चाँडै सकिएको प्रतिक्रिया दिए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन छिट्टै फिर्ता लिइने श्रेष्ठले बताए।

बैठकमा नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सामू आफ्नो पार्टीको नेतत्वमा सरकार बनाउने प्रस्ताव राखेको थियो भने माओवादी केन्द्र त्यसमा सहमत भएपनि जसपाले यसबारे छलफल गर्न समय मागेकाले कुनै सहमति नभएको बुझिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]