एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै

२०७८ बैशाख १० गते, शुक्रबार

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बस्दैछ । बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरे पनि विवाद मिल्न सकेको छैन । अध्यक्ष ओलीले नेता नेपाललाई बैठकमा आएर आफ्ना असन्तुष्टि राख्न आग्रह गरेपनि नेता नेपालले फागुन २८ को निर्णय फिर्ता नलिएसम्म स्थिति सहज बन्न नसक्ने जवाफ दिएका छन । वार्ता सफल नभएपछि बैठकमा खनाल नेपाल र गौतम पक्ष सहभागी नहुने बताइएको छ ।
आजको बैठकलाई बैशाख ६ गतेको बैठकको निरन्तरताका रुपमा हेरिएको छ । साथै आजको बैठकमा पार्टीको साङ्गठानिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने बुझिएको छ । बैशाख ६ गतेको बैठकले खनाल नेपाल पक्षीय प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जसमध्ये खनाल नेपालसहित केही सांसदले स्पष्टीकरण पनि बुझाइसकेका छन् ।

एमाले संसदीय दल प्रमुख सचेतक विशाल भट्टराईले उनीहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने बताएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]