युवा सङ्गठन जनकपुर व्युरोद्वारा भित्तेलेखन कार्य तिव्र

२०७८ बैशाख १२ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन नेपाल, जनकपुर व्युरोले व्यापक रुपले आफ्नो प्रचार/प्रसारका कामलाई अघि बढाएको छ । पूर्व–पश्चिम राजमार्गलाई केन्द्रित पार्दै भित्तेलेखन गरिएको छ । शनिबार युवा सङ्गठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य दिनेशले सिरहा–सप्तरीमा भित्तेलेखनको उद्घाटन गरेका थिए । भित्तेलेखन उद्घाटनमा जिल्ला इन्चार्ज विसाल, युवा सङ्गठन नेपालका जनकपुर व्युरो इन्चार्ज विचारमान थिङ, सेक्रेटरी गणेश, अखिल नेपाल क्रान्तिकारीका केन्द्रीय सदस्य बिकाश, युवा सङ्गठन नेपाल सिरहा–सप्तरीका संयोजक कार्तिक, अखिल क्रान्तिकारीकै पूर्व सर्लाही जिल्ला उपाध्यक्ष बद्री भट्टराई, अखिल क्रान्तिकारीका संयोजक बिरेन्द्र कुमार मण्डल, जिल्ला सदस्य उदय मण्डल लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको बताइएको छ ।
केन्द्रीय कार्यक्रम अनुसार राष्ट्रिय सम्मेलनको तयारी अनुरुप आफ्नो सङ्गठनले सिरहा–सप्तरी लगायतका तराईका जिल्लाहरूलाई प्रचार/प्रसारमा केन्द्रित गरिएको युवा सङ्गठनका जनकपुर व्युरो इन्चार्ज विचारमानले बताएका छन् । उनले कोरोना महामारी व्यापक रुप लिने देखेपछि ठुला भेला सम्मेलनमा केही समस्या आएका कारण प्रचार/प्रसारलाई ध्यान दिइएको र सबै जिल्लाका कमिटीहरूलाई यहि निर्देशन दिइएको पनि वताए । अहिले सिरहा–सप्तरीमा युवाको प्रचार/प्रसारलाई व्यापक बनाइएको छ केही दिनमै अरू जिल्लाहरू धनुषा, सर्लाही–महोत्तरी र सिन्धुलीमा पनि प्रचारका काम अघि बढाइने उनले भने ।
दलाल संसदीय व्यवस्था खारेज गरौँ ! वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरौँ !!, बेरोजगार युवाहरूलाई रोजगारको – ग्यारेन्टी गर !, युवा सङ्गठन नेपाल जिन्दावाद !, एकीकृत जनक्रान्ति जिन्दवाद !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !, २०७८ जेठ १४ गते दाङ जाऔँ !, चौथो राष्ट्रिय सम्मेलन उद्घाटन सभामा सहभागी बनौँ !, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ !, वीर सहिद – अमर रहुन् ! जस्ता नाराहरू सडकको पेटिहरूमा लेखिएको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार