देउवाद्वारा कोरोना नियन्त्रणका लागि ११ बुँदे माग !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पीसीआर परीक्षण बढाउन र आईसीयू तथा भेन्टिलेटरसहित बेड व्यवस्था गर्न माग गरेका छन् । आज अपरान्ह आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै देउवाले सरकारले कोभिड–१९ नियन्त्रणका लागि ११ बुँदे माग सम्बोधन गर्नुपर्ने बताए ।
देउवाले पर्याप्त अक्सिजन र भेन्टिलेटर आपूर्ति गर्न, उपचारका लागि आईसीयू शय्या, औषधि र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न, कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाइ परीक्षण गर्न, सीमा नाकामा गरिएको परीक्षणको नतिजा नआउन्जेल होल्डिङ सेन्टरमा राख्न, स्वास्थ्य जनशक्तिको बीमा र भत्ता तत्काल उपलब्ध गराउनुपर्ने लगायतका माग गरेका छन ।
यस्तै, रिक्त रहेको प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था गर्न, खोप र स्वास्थ्य सामग्रीको आपूर्तिका लागि कुटनीतिक पहल गर्न, निषेधाज्ञामा किसानका कृषिउपज सामग्रीको आपूर्तिलाई सहज बनाउन, पीसीआर परीक्षण गर्ने अस्पतालको संख्या बढाउन, निषेधाज्ञामा मारमा परेकोहरूलाई राहत र सहयोगको कार्ययोजना ल्याउन र स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ लागू गर्न अनुमगमन संयन्त्र मजवुत बनाउन माग गरेका छन ।