‘कोरोना सङ्क्रमितको निशुल्क अपचार गर ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले दिन प्रतिदिन कोरोना सङ्क्रमित हुने र मृत्यु हुनेहरुको सङ्ख्या डरलाग्दो गरी बढिरहेको अति संवेदनशील अवस्थामा ओली सरकारले नागरिकहरुको उपचार गर्न नसक्ने घोषणा उपचारको नाममा निजी अस्पतालहरुलाई ब्रह्मलुट गर्न अवसर मिलाइदिनका गरेको अत्यन्त गैरजिम्मेवारपूर्ण र जनविरोधी घोषणाको संज्ञा दिंदै सरकारको यस्तो अभिव्यक्तिको घोर विरोध एवम् भत्र्सना गरेको छ । सो पार्टीका महासचिव मोहन वैद्य किरणले जारी गरेको वक्तव्यमा यस्तो गंभीर स्थितिमा देशका सरकारी तथा निजी सबै अस्पतालहरुमा कोभिड नियन्त्रणका लागि आवश्यक जनशक्ति, उपचार सामग्री र अन्य साधनहरुको व्यवस्था गरी सङ्क्रमितहरुको निशुल्क अपचार गर्न सरकारसँग जोडदार माग गरिएको छ ।
वक्तव्यमा यसका साथै लकडाउनका कारण हातमुख जोड्न समेत अप्ठ्यारोमा परेका सबैको र मुख्यतः असङ्गठित क्षेत्रमा कामगर्ने मजदुरहरुको जीवन बचाउनका लागि राहतको व्यवस्था गर्न पनि सरकारसँग विशेष माग गरिएको छ ।
यस्तो गंभीर स्थितिमा सङ्क्रमितहरुको उपचारको व्यवस्था मिलाउन र लकडाउनका कारण विचल्लीमा परेका सबैको सहयोगका लागि आवाज उठाउन वक्तव्यमा सामान्यतः आम जनतामा र विशेषतः पार्टीका सम्पूर्ण कमरेडहरुमा विशेष अनुरोध गरिएको छ ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले जारी गरेको वक्तव्यको पूर्णपाठ यस प्रकार रहेको छ – “यतिबेला देशमा कोभिड–१९को दोस्रो लहर फैलिरहेको छ । प्रतिदिन सङ्क्रमित हुने र मृत्यु हुनेहरुको सङ्ख्या डरलाग्दोगरि बढिरहेको छ । यस्तो अति संवेदनशील अवस्थामा ओली सरकारले नागरिकहरुको उपचार गर्न नसक्ने घोषणा गरेको छ । यो उपचारको नाममा निजी अस्पतालहरुलाई ब्रह्मलुट गर्न अवसर मिलाइदिनका लागि सरकारले गरेको अत्यन्त गैरजिम्मेवारपूर्ण र जनविरोधी घोषणा हो । हाम्रो पार्टी सरकारको यस्तो अभिव्यक्तिको घोर विरोध र तीव्र भत्र्सना गर्दछ ।
यस्तो गंभीर स्थितिमा देशका सरकारी तथा निजी सबै अस्पतालहरुमा कोभिड नियन्त्रणका लागि आवश्यक जनशक्ति, उपचार सामग्री र अन्य साधनहरुको व्यवस्था गरी सङ्क्रमितहरुको निशुल्क अपचार गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ । साथै लकडाउनका कारण हातमुख जोड्न समेत अप्ठ्यारोमा परेका सबैको र मुख्यतः असङ्गठित क्षेत्रमा कामगर्ने मजदुरहरुको जीवन बचाउनका लागि राहतको व्यवस्थागर्न सरकारसँग विशेष माग गर्दछ ।
यस्तो गंभीर स्थितिमा सङ्क्रमितहरुको उपचारको व्यवस्था मिलाउन र लकडाउनका कारण विचल्लीमा परेका सबैको सहयोगका लागि आवाज उठाउन हाम्रो पार्टी सामान्यतः आम जनतामा र विशेषतः पार्टीका सम्पूर्ण कमरेडहरुमा विशेष अनुरोध गर्दछ ।”