विप्लवद्वारा गायक एवम् सङ्गीतकार प्रेमध्वज प्रधानप्रति श्रद्धाञ्जली व्यक्त

२०७८ बैशाख २४ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बिहीबार शोक वक्तव्य प्रकाशित गरी गायक एवम् सङ्गीतकार प्रेमध्वज प्रधानप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । महासचिव विप्लवले राष्ट्रिय व्यक्तित्वका साथै नेपाली साहित्य तथा कला क्षेत्रबाट नेपाल र नेपाली जनताको मनमनमा बस्न सफल गायक प्रधानको निधनले देशलाई ठूलो क्षति पुुगेको पनि बताएका छन् ।
महासचिवको शोक वक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय व्यक्तित्व साथै नेपाली साहित्य तथा कला क्षेत्रबाट नेपाल र नेपाली जनताको मनमनमा बस्न सफल गायक श्री प्रेमध्वज प्रधानको निधनले देशलाई ठूलो क्षति पुुगेको छ । उहाँको निधनको खबरले हामी दुुःखी भएका छौँ । उहाँप्रति हाम्रो पार्टी हार्दिक श्रद्घाञ्जली अर्पण गर्दछ साथै शोकाकुुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।’

प्रतिक्रियाहरु

[anycomment]