कोरना भाइस नियन्त्रण गर्ने कार्यमा संसदीय व्यवस्थाहरु पूर्णरूपमा असफल !

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले कोरना भाइस ( COVID – 19 ) नियन्त्रण र रोकथाम गर्ने कार्यमा संसदीय व्यवस्थाहरु पूर्णरूपमा असफलसिध्द भइसकेको ठोकुवा गरेको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ती जारी गर्दै सो ठोकुवा गरेका हुन्। अध्यक्ष केसीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ” कोरोना भाइरस नियन्त्रण र रोकथाममा पुँजीवादी संसदीय सरकारहरु लापरबाही र उदासीन हुनु , कोरोना कहरलाई निहु बनाएर भ्रष्टाचार , कमिसन , व्यापार युध्द लचाएर राष्ट्रको सम्पत्तिमाथि ब्रह्मलुट मच्चाउनु र जनताकाबीचमा डर , त्रास र आतंक तथा भयावह मच्चाएर कोरोनालाई पैसा कमाउने साधन बनाउदै आएका कारण पुँजीवादी संसदीय व्यवस्थाहरु कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्ने कार्यमा पूर्णरूपमा असफल हुदै गइरहेका छन् भन्ने निश्कर्षमा पुगेको छ ।”
यसैगरी , अध्यक्ष केसीद्वारा जारी बिज्ञप्तिमा विश्व मानव जनसमुदाय वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका निम्ति विश्व सर्वहारा क्रान्तिमा लामबध्द हुनुको विकल्प नरहेको समेत उल्लेख गरिएको छ ।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको बिज्ञप्तीको पूर्ण बिबरण यस प्रकार रहेको छ – ” विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र कोरना भाइस ( COVID – 19 ) नियन्त्रण र रोकथाम गर्ने कार्यमा साम्राज्यवादमा गरिरिसकेको पुँजीवादी संसदीय व्यवस्थाहरु पूर्णरूपमा असफलसिध्द भइसकेका छन् । असफल हुनुको मुख्य कारणमा जनताप्रति अनुत्तरदायी हुनु , कोरोना भाइरस नियन्त्रण र रोकथाममा पुँजीवादी संसदीय सरकारहरु लापरबाही र उदासीन हुनु , कोरोना कहरलाई निहु बनाएर भ्रष्टाचार , कमिसन , व्यापार युध्द लचाएर राष्ट्रको सम्पत्तिमाथि ब्रह्मलुट मच्चाउनु र जनताकाबीचमा डर , त्रास र आतंक तथा भयावह मच्चाएर कोरोनालाई पैसा कमाउने साधन बनाउदै आएका कारण पुँजीवादी संसदीय व्यवस्थाहरु कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्ने कार्यमा पूर्णरूपमा असफल हुदै गइरहेका छन् भन्ने निश्कर्षमा पुगेको छ ।
सढेगलेको संसदीय व्यवस्था अंगालेको , साम्राज्यवाद र विस्तारवादको आडभरोसामा टिकेको नेपालको दलाल सरकार कोरोना कहरलाई पैसा कमाउने , कमिसन बटुल्ने र चरम भ्रष्टाचार गर्ने साधन बनाएको र कोरोना कहरलाई व्यापारयुध्दको रुपमा प्रयोग गरेको छ । यश प्रवृत्तिकाबारेमा हाम्रो संगठन घोर विरोध र भ्रत्साहना गर्दछ ।
कोरोना भाइरसको महामारीबाट जनताको ज्यू ज्यानको सुरक्षा गर्न एक मात्र वैज्ञानिक विकल्पका रुपमा वैज्ञानिक समाजवादी व्यवस्थाहरु हुन सक्छन् भन्ने प्रमाणका रुपमा उत्तर कोरिया , चीन , भियतनाम , क्युवा आदि समाजवादी व्यवस्था अंगालेका देशहरु व्यवहार मै प्रमाणित हुन पुगेकाले हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले वर्गीय मुक्ति विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोगथाम , नियन्त्रण र पूर्णरूपमा निर्मूल पार्नका निम्ति साम्राज्यवादमा गिरिसकेको पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा एक मात्र वैज्ञानिक उपाय वैज्ञानिक समाजवादी राज्यव्यवस्थाहरु मात्र विकल्पका रुपमा रहेको ठहर गर्दछ । र , हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय क्रान्तिकारी लेखक तथा पत्रकार केन्द्र विश्व मानव जनसमुदाय वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका निम्ति विश्व सर्वहारा क्रान्तिमा लामबध्द हुनुको विकल्प नरहेको ठहर गर्दछ । “