एमाले कार्यलदलकाे बैठक पुन: बस्दै

२०७८ जेष्ठ ५ गते, बुधबार


काठमाडौं । सत्तारुढ दल नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै छ। बैठक आज साँझ ७ बजे बैठक बस्न लागेको एमाले नेता सुवास नेम्बाङले बताए । नेम्बाङले आज बस्ने बैठकमा कार्यदलको कार्यक्षेत्र, कार्यविधिजस्ता विषयमा र भोलि हुने हुने राष्ट्रिय सभाको उप-निर्वाचनका विषयमा पनि छलफल हुने जनाइएको छ। हिजो बसेको बैठकले एकताको सन्देश प्रवाह गर्ने गरी काम थालेको छ। कार्यदलको पहिलो बैठकले एकता कमजोर हुने र एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आह्वान गरेको छ।
सिंहदरबारमा बसेको बैठकले पार्टीमा देखिएका समस्या समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन सबैसँग सहयोगका लागि आग्रह गरेको थियो। नेता भीम रावल र प्रदीप ज्ञवालीले एकै स्वरमा एकताको सन्देश दिने गरी कार्यदलले काम थालेको र सहयोगको अपेक्षासहित अपील गरेको जनाएका थिए। बैठकले आफ्नो कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको थियो। आज त्यस विषयमा थप छलफल हुने नेता नेम्बाङले बताए।
कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। नेता माधवकुमार नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहेका छन्। ​ कार्यदलले पार्टीलाई ०७५ साल जेठ २ गतेको संरचनामा फर्काउने उपाय र एमाले प्रवेश गरेका माओवादी नेताहरुको व्यवस्थापनलाई केन्द्रमा राखेर समाधान खोज्न कार्यदलले काम गर्नेछ।

प्रतिक्रियाहरु

[anycomment]