‘ प्रधानमन्त्री र प्रधानन्यायाधीशको भेट भएको छैन’

२०७८ जेष्ठ ११ गते, मंगलवार


काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भेट नभएको बताएको छ । सर्वोच्च अदालतका सह–प्रवक्ता देवेन्द्र ढकालले प्रेस विज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन् । विज्ञप्तीमा प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनेर विभिन्न शीर्षकमा समाचारहरु आएकोबारे पनि गम्भीर ध्यानाकर्षण भएको जारी उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्यायसम्पादनको कार्यलाई प्रतिकुल प्रभाव पार्ने कुत्सित मनसाय राखी सत्य तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार प्रकशन हुनु दुखद् अवस्था हो ।’
साथै, स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]