प्रधानमन्त्री ओलीद्वारा बुद्धबारे भ्रम नफैलाउन चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धबारे भ्रम नफैलाउन चेतावनी दिएका छन । प्रधानमन्त्री ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन ।
२५६५ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना दिदै प्रधानमन्त्रीले पाठ्यक्रममा गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका हुन् ।
‘प्रधानमन्त्री ओलीले मानव जातिकै कारणले खल बलिएको शान्तिलाई मानव जातिकै सचेतना र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने छ ‘ उनले भने ‘बुद्ध शान्तितर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेको हो ।’
प्रधानमन्त्री ओलीले बुद्धको जन्म लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यही रहेको दावी समेत गरेका छन । सन् २०२१ मा नेपालले वैशाख डेको आयोजना गर्न आफूले भियतनाममा सन् २०१९ भएको अन्तरर्राष्ट्रिय सम्मेलनमा प्रस्ताव गरे पनि कोरोनाका कारण फरक रुपमा बुद्धजयन्ती मनाउनुपरेको उनले स्पष्ट पारेका छन ।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न कोरोना महामारीले केही अफ्ठेरो पारेपनि सरकारले आफ्नो लक्ष्य पूरा गरेरे छाड्ने प्रतिवद्धतासमेत जनाएका छन ।