एमाले स्थायी कमिटिको बैठक आजपनि स्थगित

२०७८ जेष्ठ १७ गते, सोमबार

काठमाडौं । नेकपा एमाले स्थायी कमिटि बैठक आजपनि स्थगित भएको छ । आज विहान १० बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बोलाइएको बैैठक स्थगीत भएको कार्यालय सचिव शेरवहादुर तामाङ्गले बताए । बैठक भोली बिहान १० बजे बालुबाटारमा बस्ने तामाङ्ले जानकारी दिए । यसअघि आफ्ना सांसदलाई कारवाही गर्ने विषयमा छलफल गर्न आइतबार साँझ ५ बजेलाई बैठक बोलाइएको थियो ।तामाङ्गका अनुसार बैठकमा अध्यादेशबाट ल्याएको बजेटको समीक्षा र देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप कारवाहीको प्रक्रिया अगाडी बढाउने तयारी भैरहेको छ । यस्तै कोभिड संक्रमणको विषय तथा आगामी रणनीतिको विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]