मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटको सुनुवाइ हुदै

२०७८ जेष्ठ २५ गते, मंगलवार

काठमाडौं । संसद विघटन गरी निर्वाचनको घोषणा गरेर कामचलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत मन्त्रिपरिषद् विस्तार गरेको भन्दै परेका ६ वटा रिटमा आज सुनुवाइ हुने भएको छ। सबै रिट निवेदनहरु न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । कोरोना महामारी जारी रहेकाले सो सम्बन्धी रिटहरुमा भर्चुअल माध्यमबाट सुनुवाइ हुने बताइएको छ ।
त्यसअघि न्यायाधीश खतिवडाको इजलासमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी एउटा मुद्दाको पनि सुनुवाइ हुने सर्वोच्च अदालतले जानकारी दिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतले मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा छट्टाछुट्टै रिट दायर गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]