माडीका युवाहरू नेकपामा प्रवेश

२०७८ जेष्ठ ३० गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको आह्वानमा क्रान्तिकारी र वैज्ञानिक समाजवादी व्यवस्था चाहनेहरुबीच ध्रुवीकरण सुरु भएको छ । यसैक्रममा चितवनको माडी–५ स्थित दिवाकर बालग्राममा आयोजित कार्यक्रममा विभिन्न पार्टीहरु परित्याग गरि युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।पार्टी प्रवेश गर्नेहरुमा माओवादी केन्द्र परित्याग गरि मनिराम महतो, जनमोर्चा नेपाल परित्याग गरी सहोदर महतो र राजिव महतो रहेका छन् । त्यसै गरि शिवराम महतो क्रान्तिकारी माओवादी, रामेश्वर महतो राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । हालसम्म स्वतन्त्र रहेका शुवास विक पनि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।उनिहरुलाई नेकपा केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देशले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार