अख्तियारलगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २६ गते संवैधानिक परिषद्ले सिफारिस गरेको लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी छन् । वैशाख २६ गते संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो । संवैधानिक परिषदले सिफारिस गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ समिति क्रियाशील नभएकोले उनीहरु सिधै नियुक्ति भएका हुन् ।