सामाजिक कोषमा आबद्दता अनिवार्य

२०७८ असार ११ गते, शुक्रबार

काठमाडौं । सामाजिक सुरक्षा कोषले बैंक वित्त तथा बीमा कम्पनीहरुका २९ सँस्थाले १५ बुंदे माग राखेर जारी गरेको संयुक्त बिज्ञप्तीलाई निराधार टिकाटिप्पणी भन्दै कोषमा अनिवार्य रुपमा दर्ता हुन निर्देशन दिएको छ। बैंक बित्त तथा बीमा कम्पनीहरुले लगाएका, पेन्सनमा जान अनिवार्य गरिएको, पेन्सन रकम पाउन ६० बर्ष पुगेको हुनुपर्ने, अवकाष कोषमा रहेको पुरानो रकम समेत कोषमा नै अनिवार्य रुपमा ल्याउनुपर्ने जस्ता आरोपहरु निराधार रहेको समेत कोषद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। सामाजिक कोषमा आबद्दता बिषय अनिवार्य भएको बताउदै सामाजिक सुरक्षा कोषले बिज्ञप्ती मार्फत भनेको छ, “योगदानमा आधारित सामाजिक सुरक्षा कोष सबै श्रमिकले पाउने गरि कानुनी व्यवस्था भएको सन्दर्भमा कोषमा श्रमिकहरुको सूचीकरण तथा नियमित योगदान गरिगराई रोजगारदातामा निहित दायित्व समेत कोषमा हस्तान्तरण गर्नु गराउनु हुन अनुरोध छ।”
बैंक बित्त तथा बीमा कम्पनीका २९ संस्थाहरुले आज एक बिज्ञप्ती जारी गरि कोषमा आबद्द हुनलाई १५ बुंदे माग अगाडी सारेपछि कोषले यस्तो प्रतिकृया दिएको हो। आफुहरुको माग सम्बोधन नभएसम्म कुनैपनि हालतमा आबद्द हुन नसकिने अडान राख्दै बैंक बित्त तथा बीमा कम्पनीका २९ वटा सँस्थाले संयुक्त बिज्ञप्ती जारी गरेका थिए ।
सामाजिक सुरक्षामा न्युनतम सुविधाबाट बन्चित लाखौँ श्रमिक कामदार तथा कर्मचारीहरुलाई प्राथमिकतामा राखेर उनीहरुलाई पहिले समेट्नु पर्ने जिम्मेवारी बिर्सिएर संगठित बैंक, बित्त तथा बीमा कम्पनीका कर्मचारीलाई जोड्न मरिहत्ते गरेको बैंक बित्त तथा बीमा कम्पनीहरुका २९ संस्थाले जारी गरेको संयुक्त बिज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रियाहरु

[anycomment]