नेकपाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रसको केन्द्रीय रक्तसञ्चार कार्यालय कालिमाटीमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेकपा काठमाडौँका इन्चार्ज माइला लामाले कोरोनाका कारण राष्ट्र र नागरिकलाई परेको समस्यामा पार्टी पनि सहभागी भएको बताए । उनले केन्द्रीय रक्तसंचार केन्द्रमै रगतमा अभाव हुँदै गएको भन्ने जानकारी पाएपछि रक्तदान आयोजना गरिएको बताए । उनले अहिले नेपालका राजनीतिक पार्टी र सरकार जनताको स्वास्थ्यप्रति गम्भीर हुनुपर्ने बताए । लामाले संसदभित्र रहेका पार्टीहरूलाई जनताको स्वास्थ्यभन्दा सत्ताको लुछाचुडी गरिरहेको बताउँदै अहिलेको व्यवस्थाप्रति निरासा र चिन्ता बढेको बताए । उनले आफ्नो पार्टीले वैज्ञानिक समाजवादमार्फत जनताका सबै खाले समस्या समाधान गर्न खोजेको बताएका थिए भने काठमाडौँ जिल्ला सेक्रेटरी तुलसीनारायणले रक्तदानमा सहभागी हुने र समन्वय गर्ने रेडक्रसलाई धन्यवाद दिएका थिए ।
रक्तदानमा सहभागी लोकेन्द्र सार्की, शुसिल पौडेल, रामप्रसाद श्रेष्ठ, नारायण तोलंगु, तिर्थराज तामाङ, इन्दिरा महर्जन, मन्दिरा श्रेष्ठ, राजाराम आलेलगायतले रगत दिन पाउँदा खुशी लागेको बताएका थिए ।