एमाले स्थायी कमिटीमा ८ जना थप

२०७८ असार १६ गते, बुधबार


काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले स्थायी कमिटीमा ८ जना सदस्य थप गरेको छ । बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा रहेका सदस्यहरूलाई कमिटीमा समावेश गर्ने निर्णय गरेको हो । बैठकले रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा, रघुवीर महासेठ, विष्णु रिमाल, रघुजी पन्त र बेदुराम भुसाललाई स्थायी कमिटीमा रहने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपामा केन्द्रीय कमिटी सदस्य भएकाहरू एमालेको केन्द्रीय कमिटीमा रहने निर्णय पनि गरेको छ ।
बैठकले महाधिवेशन आयोजक कमिटीलाई पुनः केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको जेठ १४ गतेको फैसलाले महाधिवेशन आयोजक कमिटीको वैधानिकतामाथि प्रश्न उठाउँदै उसले गरेको कारबाहीलाई मान्यता नदिएपछि पुनः केन्द्रीय कमिटीमै फर्किएको हो ।महाधिवेशन आयोजक कमिटी खारेज भएसँगै नेपाल समूहका नेताहरूमाथि गरिएको कारबाहीहरू निष्प्रभावी भएका छन् ।
यस्तै, बैठकले भारतमा उपचार गराइरहेको पार्टीका वरिष्ठ नेता झलनाथ खनालको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै उहाँको उपचार खर्चको जिम्मेवारी लिएकोमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ । त्यस्तै, बैठकले २०७५ जेठ ३ अघिकै केन्द्रीय र स्थायी कमिटीहरू सक्रिय भएको निर्णय पनि गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार