चिनिया कम्युनिस्ट पार्टीको प्रगति गाथा विश्व सर्वहारा वर्गका लागि प्रेरणाका श्रोत

२०७८ असार १७ गते, बिहीबार

काठमाडाैं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले चिनिया कम्युनिस्ट पार्टी र महान् चिनिया जनतालाई हार्दिक बधाई तथा अरु प्रगतिका लागि शुभकामना दिएको छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै सो शुभकामना दिएका हुन्। अध्यक्ष केसीद्वारा जारी बिज्ञप्तिमा भीषण क्रान्तिका २८ वर्ष र सत्तारोहणका ७२ वर्षको उतार तढावको अबधिमा चिनिया कम्युनिस्ट पार्टीले गरेको गौरवपूर्ण संघर्ष र अभूतपूर्व भौतिक प्रगति गाथाहरु विश्वभरका सर्वहारा वर्गका लागि प्रेरणाका श्रोत बनिरहेको उल्लेख गरिएको छ।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको विज्ञप्तिकाे यस प्रकार रहेको छ -” आज चिनिया कम्युनिस्ट पार्टीले स्थापनाको १०० वर्ष पुरा गरेको छ । आजकै दिन अर्थात् सन १९२१ जुलाई १ का दिन चिनिया कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । यस अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको तर्फबाट समेत चिनिया कम्युनिस्ट पार्टी र महान् चिनिया जनतालाई हार्दिक बधाई तथा अरु प्रगतिका लागि शुभकामना दिन चाहन्छ ।
भीषण क्रान्तिका २८ वर्ष र सत्तारोहणका ७२ वर्षको उतार तढावको अबधिमा चिनिया कम्युनिस्ट पार्टीले गरेको गौरवपूर्ण संघर्ष र अभूतपूर्व भौतिक प्रगति गाथाहरु विश्वभरका सर्वहारा वर्गका लागि प्रेरणाका श्रोत बनिरहेका छन् । चिनिया कम्युनिस्ट पार्टी र महान् चिनिया जनताको यस प्रकारको सफलताप्रति हाम्रो संगठन गौरव महसूूस् गर्दछ ।
आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । यश प्रकारको विश्व परिस्थितिमा विश्वभरका सर्वहारा वर्गको सहयोग लिएर साम्राज्यवादलाई परास्त गर्न र प्रतिक्रान्तिका गल्तीहरुलाई सच्याउँदै र उदार पुँजीवादको विकासलाई रोकेर ” चिनिया विशेषताको समाजवाद ” लाई वैज्ञानिक समाजवादमा रुपान्तरण गर्ने दिशामा अगाडि बढ्नेछ छ भन्ने विश्वनस गर्नुका साथै हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र हार्दिक आग्रह समेत गर्दछ ।”

प्रतिक्रियाहरु

[anycomment]