नेकपाका महासचिव विप्लवको नेतृत्वमा वृक्षारोपण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लवको नेतृत्वमा वृक्षारोपण कार्य सम्पन्न भएको छ। महासचिव ‘विप्लवको नेतृत्वमा बिहीबार कपिलवस्तुको शिवगढी क्षेत्र र निर्माणाधिन नेकपाको केन्द्रीय सम्पर्क कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका झण्डै १८ सय विरुवा रोपिएको बताइएको छ । गत वैशाख १ गते शिवगढीमा केन्द्रीय सम्पर्क कार्यालयको शिलान्यास गरेको नेकपाले शिवगढीमै जनस्वास्थ्य केन्द्र समेत निर्माण सुरु गरेको छ ।