नेकपाद्वारा भ्रष्टाचारविरुद्ध जागरण अभियान चलाउने उदघोष

२०७८ असार १९ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले देशभर जागरण अभियान सुरु गर्ने भएको छ । शुक्रबार नारायणगढमा नेकपा जिल्ला समिति चितवनले पत्रकार सम्मेलन गरेर पछिल्लो समय देशभर बढिरहेको बेथिति, अनियमितता, भ्रष्टाचारविरुद्ध चितवनसहित देशभर अभियान चलाउन लागेको बताएको छ ।पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सन्देश पौडेलले देशभर स्थानीय पालिकादेखि संघीय संरचनासम्म बेथिति, भ्रष्टाचार, अनियमितिता बढेको बताए । उनले सुरुवाती चरणमा यसविरुद्ध सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने, भ्रष्टाचारको भण्डाफोर गर्ने संघर्षका कार्यक्रमलाई अगाडी बढाइने बताए । कोभिडका कारण जागरण अभियानको मिति नतोकिएपनि चार महिनासम्म गरिने उनको भनाई छ ।सरकारसँग भएको तीन बुँदे सम्झौताका विषयमा बोल्दै उनले सरकारले सम्झौता कार्यान्वयनमा ढिलाइ गरिरहेको बताउदै आफ्नो पार्टीका १३५ जना नेता–कार्यकर्तालाई तुरुन्त रिहा गरिनुपर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]