काठमाडौ उपत्यकामा निषेधाज्ञा एकसाता थप्ने तयारी

२०७८ असार २० गते, आईतवार

काठमाडौं । निषेधाज्ञा हटाए कोरोना महामारी अझ फैलिन सक्ने भन्दै थप एक साता लम्ब्याउने तरायरी भइरहेको बताइएको छ । काठमाडौं उपत्यकाका तीन वटौ प्रमुख जिल्ला अधिकारीहरुले थप एक साता निषेधाज्ञा लम्क्याउने तयारी गरेका हुन् । निषेधाज्ञा लम्ब्याउने बारे आइतबार दिउसो काठमाडौं, ललितपुर र भक्तपुर गरि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । यातायात व्यवसायीहरुले जोरबिजोर प्रणाली हटाउन माग गरे पनि सो बिषयमा प्रशासनले कुनै निर्णय गर्न सकेको छैन । तथापी अहिले थप्न लागिएको निषेधाज्ञामा यसअघि भन्दा केही खुकुलो बनाउने बारे छफफल भइरहेको बताइएको छ ।
यसअघिको प्रशासनको निर्णयमा खाद्यन्न तथा तरकारीका पसलहरु पूर्ण रुपमा संचालनका साथै २५ सिट माथिका सवारीसाधन जोरबिजोर प्रणाली मार्फत संचालन अनुमति दिइएको थियो । दोस्रो लहरको कोरोना महामारीले ठूलो अकार लिएपछि काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]