‘बर्तमान राजनीतिक संकटको निकास वैज्ञानिक समाजवाद ‘

काठमाडौँ । रणनीतिक संयुक्त माेर्चा चितवनले बर्तमान राजनीतिक संकटको निकास वैज्ञानिक समाजवाद भएको निश्कर्ष निकालेको छ । मोर्चाको बैठक पछि जारी गरिएको बिज्ञप्तिमा भनिएको छ – ‘दलाल पुँजीवाद संसदिय व्यवस्थाले आजको संकटको समाधान गर्न सक्दैन । संसदिय व्यवस्था भित्रको चुनाव वा पुर्नस्थापना आजको निकास होइन । जनगणतन्त्र वा वैज्ञानिक समाजवाद नै आजको निकास हो ।’
यसैगरी मोर्चाको बैठकले कोभिडलगायत स्वास्थ्य उपचरमा देखिएको लापरवाही, चर्को शुल्क लगायत चितवनमा देखिएको स्वास्थ्य क्षेत्रको व्रहमलुटका विरुद्ध सम्बन्धीत पक्षलाई गम्भीर ध्यानाकर्षण गर्दै जनताले पाउने निशुल्क उपचारलाई व्यवहारिक ढंगले कार्यान्वयन गर्न सर्वपक्षीय पहल बढाउने निर्णय समेत गरेको छ ।
रणनीतिक संयुक्त माेर्चा चितवनको बैठकपछि नेपाल कम्युनिष्ट पार्टी, चितवनका सेक्रेटरी मिन प्रसाद, नेपाल कम्युनिष्ट पार्टी (क्रन्तिकारी माओवादी) चितवनका सेक्रेटरी विकास सापकोटा , बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका प्रतिनिधि गोबिन्द विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य बद्रि अधिकारीले संयुक्त हस्ताक्षरमा जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ –
“१ – दलाल पुँजीवाद संसदिय व्यवस्थाले आजको संकटको समाधान गर्न सक्दैन । संसदिय व्यवस्था भित्रको चुनाव वा पुर्नस्थापना आजको निकास होइन । जनगणतन्त्र वा वैज्ञानिक समाजवाद नै आजको निकास हो ।
२ – रणनैतिक संयुक्तमोर्चामा रहेका हामी चार पार्टीहरु विभिन्न जनसमुदायका सस्याहरुलाई हल गर्न अन्य राजैनिक पार्टी मंच तथा संस्थासँग सहकार्य गरी अगाडि बढ्ने छौं ।
३ – चितवन जिल्लामा हालै गएको बाढी कटान र डुबान लगायतका प्राकृतिक विपत्तिमा राज्य र त्यस निकायबाट भएका उदासिनताको भण्डाफोर गर्दै उद्धार, राहत र व्यवस्थापन लगायतका कार्य तत्काल गर ।
४ – रोपाइँको सिजनमा मलमा भएको कालाबजारी र अभावको समस्या तत्काल हल गर । सिचाई, बीउ र किटनाशक औषधी लगायतका समस्या समाधान गर ।
५ -कोभिड लगायत स्वास्थ्य उपचरमा देखिएको लापरवाही, चर्को शुल्क लगायत चितवनमा देखिएको स्वास्थ्य क्षेत्रको व्रहमलुटका विरुद्ध सम्बन्धीत पक्षलाई गम्भीर ध्यानाकर्षण गर्दै जनताले पाउने निशुल्क उपचारलाई व्यवहारिक ढंगले कार्यान्वयन गर्न सर्वपक्षीय पहल बढाउने ।
६ – पूर्वी चितवनमा चाउचाउ उद्योगमा ११७ जना मजदुर निकाला गर्ने लगायतका जिल्ला भरिका मजदुरहरु माथि गरिएका सबै प्रकारका उत्पीडन विरुद्ध संघर्ष गर्ने ।
७ – चितवनका बाँदरझुला छरछरे, ढुकुरबारी, सिमलगैरी, घैलाघारी, गौचरण, गोलाघाट, मंगलपुर गणेशस्थान, आपटारी, दुईसय विघा हुँदै लोथरसम्मका झण्डै ३० वटा सुकुम्बासी बस्तीका र छरिएर रहेका चितवनका सम्पूर्ण सुकुम्बासीहरुको उचित व्यवस्थापन र लालपुर्जा दे ।
८ – नारायणी, राप्ती, लोथर, रिउ लगायत खोलाहरुमा र चुरेमा कसिमनको जगमा गरिएका प्राकृतिक दोहन तत्काल बन्द गर । साथै जिल्लाका सबै अबैध उत्खनन र क्रसरहरुलाई तत्काल बन्द गर ।
९- विद्यार्थीहरुलाई अनलाइन पढाई, भर्ना र मासिक शुल्क लगायतका विषयमा अभिभावकसँग लिएको चर्को शुल्क तत्काल रोक । गरिब तथा जेहेन्दार विद्यार्थीहरुले प्राप्त गर्ने सुविधालाई पूर्णरुपमा लागु गर ।
१०- वन, मालपोत, नापी लगायतका सरकारी कार्यालयमा घुस र कमिसनको खेल तत्काल रोक ।
११- माडी, भरतपुर र राप्ती नगरपालिका लगायत सबै स्थानीय निकायमा भएको चर्को कर, भ्रष्टचार, अवैध खण्डिकरण र जनविरोधी कार्य तत्काल रोक्न सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गर्दछौं । त्यसो नगरे स्वतः जनता जनकारबाहीमा अघि बढ्ने छन् ।
१२- चितवन राष्ट्रिय निकुञ्ज वरिपरी रहेका बस्तीहरुमा भएको बिकास निर्माणको अवरोध, बन्यजन्तृको आक्रमण र बालिनालीको नाश लगायतका समस्या हल गर ।
१३- दलित र महिला समुदाय माथि भएको सवै प्रकारका हिंसा तत्काल बन्द गर । यस्ता घटनासँग जोडिएको दोषीहरुलाई तत्काल कार्वाही गर ।
१४- कालापानी लिम्पियाधुराको जमिन फिर्ता गर । कोशी, महाकाली लागायतका नदिमा लगाईएका बाधका ढोकाहरु तत्काल खोल । एम सि सि र नागरिकता विधेयक जस्ता राष्ट्रघाती योजना खारेज गर । भारतद्धारा सोमेश्वर माडी र सुस्ता क्षेत्र लगाएत देशै भरिका सिमा अतिक्रमण बन्द गर । साथै अतिक्रमीत भूमि फिर्ता गर । सन् १९५० लगायत असमान सन्धी संझौताहरु खारेज गर ।”

यसैगरी , रणनीतिक संयुक्त माेर्चा चितवनले मल,बीउ सिंचाई समयमा उपलव्ध गराउन कृषि ज्ञान केन्द्रसंग माग गर्दै जिल्ला प्रशासन कार्यालय ,कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय , जिल्ला सिंचाई कार्यालय चितवनलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
नेकपा चितवनका जिल्ला सेक्रेटरी मिनप्रसादकाे अध्यक्षता असार २२गते बसेको बैठकको निर्णय बमोजिम सो ध्यानाकर्षण पत्र बुझाएको बताइएको छ । नेपाल कम्युनिष्ट पार्टी, चितवनका सेक्रेटरी मिन प्रसाद, नेपाल कम्युनिष्ट पार्टी (क्रन्तिकारी माओवादी) चितवनका सेक्रेटरी विकास सापकोटा , बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका प्रतिनिधि गोबिन्द विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य बद्रि अधिकारीको संयुक्त हस्ताक्षरमा बुझाएको सो ज्ञापन पत्र यस प्रकार रहेको छ – “उपर्युक सम्वन्धमा यस चितवन जिल्लाका किसानले वर्षे वाली धान लगाउने समयमा पर्याप्त मात्रामा मल, वीउ औंषधी र सिचाई पाएका छैनन् । मलमा कालावजारी भइरहेको छ । सिंचाईमा
दलालीका कारण वा कमीसनको खेलमा भएको समस्यले कुलो,नहर निर्माण तथा समयमै मर्मत संमार हुन सकेका छैनन् । यसमा सम्वन्धीत निकायले चासो नदिएकोमा हामी चितवन रणनितिक मोर्चाको गम्भिर ध्यान आकर्षण भएको छ । समयमा मल,वीउ ,औषधि र सिचाई उपलव्ध गराउन सम्वन्धी जिल्ला कृषि मातहतमा रहेका कृषि कार्यालय, कृषि ज्ञान केन्द्रलाई अनुरोध गर्दछौ । साथै सिंचाई कार्यील्यहरु , कृषि सामग्री सस्थान लगायत सम्वन्धित निकायलाई ध्यानआकर्षण गर्दछौं । बाली लगाउने वेलामा बालीमा हाल्ने मलको खोजीमा चितवनका किसान घन्टौ लाइनमा वस्न वाध्य भएका छन । कालोवजारी भएको मल वीउँ भेटिएमा सम्वन्धीतलाई कार्बाहि गर्न माग गर्दछौ । साथै कालोवजारी गरेको भेटिएमा संम्वधित निकाय जनकारवार्हीको भागिदारी हुनेछ । समयमा मल, वीउ औंषधि, सिंचाई उपलव्ध नगराए, सम्पुर्ण चितवनका किसान साथमा लिई आन्दोलन गर्न वाध्य हुनेछौं । यसको परिणामको लागी सम्वन्धीत निकाय जिम्मेवार हुने छ।”
