नेकपानिकट जनबर्गिय संगठनद्वारा पेट्रोलियम पदार्थको मूल्यबृद्धिबिरुद्ध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनबर्गिय संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोध र सुजिता भण्डारीको हत्याको छानविन गरी दोषी पत्ता लगाई कारवाहीको माग गर्दै देशव्यापी विरोध तथा प्रदर्शन गरेका छन । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुले आज अपरान्ह काठमाडौँको माईतघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले पेट्रोलियम पदार्थको मुल्य वृद्धि तत्काल खारेज गर्न र चितवनकी सुजिता भण्डारीकाे हत्यारालाई पत्ता लगाई कडा कारबाही गर्न माग गरेका छन् ।