नेकपा मकवानपुरद्वारा तीन बुँदे सहमति पालना गर्न जोड

२०७८ असार ३१ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको १७ औं पूर्ण बैठकले पारित गरेको निर्णय सार्वजनिक भएको छ । सो पार्टीको असार २७ र २८ गते बसेको १७ औं पूर्ण बैठकले पारित गरेको निर्णय पत्रकार सम्मेलन गरि सार्बजनिक गरिएको हो। उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनले सरकारबीच भएको तीन बुँदे सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टी अघि बढ्ने कुरा प्रस्टयाउदै सरकारले पनि कुनै किसिमको खोट नराखीकन इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताए । उनले युद्ध बिनानै शान्तिपूर्ण क्रान्तिको बाटो हुँदै प्रगतिशील संयुक्त सरकार र जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने उद्धेश्यका साथ नेपाल कम्युनिस्ट पार्टी अघि बढ्न चाहेको र यसको लागि सरकारले अनुकूल वातावरण तय गर्नुपर्ने कुरा समेत प्रष्ट पारेका छन्। यदि सरकारले यस किसिमको वातावरण सिर्जना नगरी फेरि प्रतिगमनकारी कदम चाल्न थालेमा पार्टी बल प्रयोगको सिद्धान्त मार्फत नै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न बाध्य हुने कुरा समेत स्पष्ट पारेका छन्।

प्रतिक्रियाहरु

[anycomment]