काठमाडौं उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा

काठमाडौं । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौंं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
आजसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा भोलिदेखि बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने भएको छ ।
भने सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने छन । विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।

