एमाले स्थायी कमिटीद्वारा १० बुँदे प्रस्ताव अनुमोदन, कार्यदल भङ्ग

२०७८ श्रावण १ गते, शुक्रबार


काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले एमाले एकता कार्यदलको १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै १० सदस्यीय एकता कार्यदल भङ्ग गर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवाललीले जानकारी दिए ।
यसअघि स्थायी कमिटी बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले आवेग र उत्तेजनामा नआइ रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बतानुभएको थियो । राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने उहाँको भनाई थियो । शुक्रबारको बैठकमा वामदेव गौतमसहित नेपाल पक्षको भने उपस्थिति थिएन । तर, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू भीम रावल, गोकर्ण विष्ट, घनश्याम भुसाल र भीम आचार्यसहितका नेता बैठक रोक्न माग गर्दै पुगेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]